Kathmandu Press

परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको छ। 
परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं, भदौ २६ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको छ। 

बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एमसीसी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए।

‘एमसीसी केही संशोधन गरेर अनुमोदन गर्ने बैठकले निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने,‘ वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले दिएको सुझावका आधारमा कुन-कुन कुरा संशोधन गर्ने भन्ने निर्क्याैंल हुन्छ।’

यसअघि एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र विवाद चर्किएपछि त्यसबारे अध्ययन गरेर सुझाव दिन नेकपाले खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्य भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो। 

कार्यदलले केही बुँदा संशोधन गरेरमात्रै एमसीसी पारित गर्न नेतृत्वलाई सुझाव दिएको थियो। अब कार्यदलको त्यही सुझावका आधारमा एमसीसी परिमार्जनसहित अनुमोदन गरिने छ। 

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्