रुपन्देहीमा थपिए १०२ जना कोरोना संक्रमित
काठमाडौं, भदौ २६ : रुपन्देहीमा थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा रुपन्देहीमा थप १०२ जनामा कोरोनाको संक्रमण...
काठमाडौं, भदौ २६ : रुपन्देहीमा थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा रुपन्देहीमा थप १०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार संक्रमितमध्ये ६२ जना पुरुष र ४० जना महिला रहेका छन्।
शुक्रबार नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ। संक्रमितमध्ये ३६ हजार ६७२ जना निको भएर घर फर्किएका छन् भने कोरोनाबाट अहिलेसम्म ३२२ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर ९७२ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)