पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
काठमाडौं, भदौ २६ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको...
काठमाडौं, भदौ २६ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।
यस्तै, शुक्रबार नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ। संक्रमितमध्ये ३६ हजार ६७२ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर ९७२ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२५ बजे, शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)