कोरोना केन्द्रित छुट्टै संसदीय समिति गठन गर्न सांसदहरूको माग

काठमाडौं, भदौ २६ : सांसदहरुले कोरोना केन्द्रित संसदीय समिति गठन गर्न माग गरेका छन्।
शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर काठमाडौं उपत्यकाका सांसदहरुले कोरोनाका कारण दैनिक ज्यालादारी मजदुर, उद्योग कलकराखना, शैक्षिक संस्था लगायतका क्षेत्रमा परेको असरको अनुगमन गर्न छुट्टै समिति गठन हुनुपर्ने माग गरेका हुन्।
यस्तै, सांसदहरुले प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममो बजेट उपयोग गर्नुपर्ने प्रस्ताव गरेका छन्। सभामुख सापकोटा भन्दा पहिले सांसदहरुले रक्षामन्त्री ईश्वर पोखरेललाई समेत भेट गरी यस विषयमा ध्यानाकर्षण गराएका थिए।
समिति गठनका माग गर्ने सांसदहरुमा माधवकुमार नेपाल, शशी श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, कृष्ण राई, विन्दा पाण्डे, रामकुमारी झाँक्री, सरिता न्यौपाने, विना श्रेष्ठ, अञ्जना विशंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने, सुजिता शाक्य, प्रकाशमान सिंह, गगन कुमार थापा, राजेन्द्र केसी, दिव्यमणि राजभण्डारी, भीमसेनदास प्रधान, राजेन्द्र श्रेष्ठ र रेनुका गुरुङ रहेका छन्।











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)