३४ जिल्लामा चार सय बढी र १२ जिल्लामा दुई सयभन्दा बढीलाई कोरोना संक्रमण (तथ्यांकसहित)
काठमाडौं, भदौ २६ : नेपालका ३४ जिल्लामा चार सय भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइट कोभिड १९ डट...
काठमाडौं, भदौ २६ : नेपालका ३४ जिल्लामा चार सय भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइट कोभिड १९ डट एमओएचपी डट जीओभी डट एनपीका अनुसार हालसम्म नेपालका ३४ जिल्लामा चार सय भन्दा बढीलाई संक्रमण पुष्टि भएको छ। यस्तै १२ जिल्लामा २ सय भन्दा बढीलाई संक्रमण पुष्टि भएको छ। ३१ जिल्लामा १ देखि २ सय जनालाई संक्रमण पुष्टि भएको छ।
पछिल्ला केही साता यता नेपालमा दैनिकरुपमा कोरोना संक्रमितको संख्या बढीरहेको छ। हरेक दिन एक हजारको आसपासमा संक्रमित भेटिइरहेका छन्।
वेवसाइटमा राखिएको तथ्यांक अनुसार चार सय भन्दा बढीलाई संक्रमण भएका अधिकांश तराईका जिल्लाहरु छन्। काठमाडौं उपत्यकासहित केही पहाडी जिल्लाहरुमा समेत चार सय भन्दा बढीलाई संक्रमण पुष्टि भएको छ।
यी हुन् चार सय भन्दा बढीलाई संक्रमण पुष्टि भएका जिल्ला
- १. झापा : ७३५ जना
- २. मोरङ : २०५९ जना
- ३. सुनसरी :१२०९ जना
- ४. सप्तरी : ९६२ जना
- ५. सिराह : ६९५ जना
- ६. महोत्तरी : १४०९ जना
- ७. धनुषा : १८८० जना
- ८. सर्लाही : २१६५ जना
- ९. रौतहट : १९९८ जना
- १०. बारा : १२०४ जना
- ११. पर्सा : २५१८ जना
- १३. मकवानपुर : ७८९ जना
- १४. काठमाडौं :८१०६ जना
- १५. ललितपुर : १०५४ जना
- १६. चितवन : ११२० जना
- १७. नवलपरासी पूर्व : ६०९ जना
- १८. पाल्पा : ६६० वना
- १९.कास्की : ५६० जना
- २०. कपिलवस्तु :१२१७ जना
- २१. रुपन्देही : १४८९ जना
- २२.प्युठान : ४६४ जना
- २३. दाङ : ८९४ जना
- २४. बाँके : १३५९ जना
- २५. बर्दिया : ४५९ जना
- २६. सुर्खेत : ८८७ जना
- २७. दैलेख : १०८७ जना
- २८. अछाम : ९३५ जना
- २९. कैलाली : १८४२ जना
- ३०. कन्चनपुर : ७१६ जना
- ३१. डोटी : १००५ जना
- ३२. बाजुरा :६२६ जना
- ३३. बझाङ : ४७७ जना
- ३४. गुल्मी : ४४९ जना
प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)