Kathmandu Press

आफ्नो १५ बुँदे प्रस्ताव सम्बोधन नगरेकोमा माधव नेपालले पोखे असन्तुष्टि

काठमाडौ, भदौ २६ : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा आफूले राखेका अहसमति सम्बोधन नगरेको भन्दै स्थायी कमिटी बैठकमा असन्तुष्टि...
आफ्नो १५ बुँदे प्रस्ताव सम्बोधन नगरेकोमा माधव नेपालले पोखे असन्तुष्टि

काठमाडौ, भदौ २६ : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा आफूले राखेका अहसमति सम्बोधन नगरेको भन्दै स्थायी कमिटी बैठकमा असन्तुष्टि व्यक्त गरेका छन्। बालुवाटारमा बसिरहेको स्थायी कमिटी बैठकमा बोल्दै नेता नेपालले आफ्नो १५ बुँदे असहमति अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

पार्टीभित्र प्रणाली तथा प्रवृत्तिको सुदृढीकरणका लागि आफूले राखेको मतको वेवास्ता भएको उनको भनाइ थियो। ‘दुई अध्यक्षले सहमति गर्दैमा पार्टीका समस्या हल हुँदैनन् समस्या सम्बोधनका लागि औँल्याएका बुँदाको वेवास्ता भएको छ,’ बैठकमा उनले भनेको कुरा उद्धृत गर्दै स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए।

नेता नेपालसहित अष्टलक्ष्मी शाक्य,  देव गुरुङ, मातृका यादव, भीम आचार्य, रघुजी पन्तले बैठकमा धारणा राखिसकेका छन्। महासिचव विष्णु पौडेल नेतृत्को कार्यदलले विवाद समाधानका लागि  बुझाएको प्रतिवेदनमा नेता नेपालले १५ बुँदे सहमति प्रकट गरेका थिए।

नेता नेपालले एक व्यक्ति एक पदको विषयमा कार्यदल मौन रहेको,बहुमतको निर्णयको पालनाकोबारे केही उल्लेख नगरेको, दुई अध्यक्षको जिम्मेवारीमा मूलत भन्ने शब्दावली ठीक नरहेको, पार्टीका कमिटीको भूमिका खुम्च्याउन खोजेको, गुटबन्दीको कारक को हो भन्ने पहिचान गर्न नसकेको, एकताको अक्षुण्ताको परिभाषा नगरिएको, एकता टुंगो लगाउन समय निर्धारण गर्न नसकेको, सरकार सञ्चालनमा पार्टीको भूमिकाबारे प्रष्ट नपारिएको, भ्रष्टाचारको छानविनका विषयमा प्रष्ट नभएको पार्टीमा सर्कुलर कसरी जारी गर्ने भन्ने विषयमा प्रष्टता नभएकोलगायतका कुरा सहित अमूर्त प्रतिवेदनलाई सच्याउनुपर्ने माग सहित १५ बुँदे असहमति राखेका थिए।

अध्यक्षद्वयले मूलत शब्द हटाउने बाहेक नेता नेपालका अन्य माग सम्बोधन गरेका छैनन्।

प्रकाशित मिति: १५:२७ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्