Kathmandu Press

काेराेना फैलने भन्दै फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन महानगरको आग्रह

काठमाडौं, भदौ २६ : काठमाडौं महानगरपालिकाले उपत्यकामा हुने फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ।महानगरपालिकाकी उपप्रमुख हरिप्रभा...
काेराेना फैलने भन्दै फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन महानगरको आग्रह

काठमाडौं, भदौ २६ : काठमाडौं महानगरपालिकाले उपत्यकामा हुने फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पुनः निषेधाज्ञाको आदेश जारी गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसमक्ष आग्रह गरेकी हुन्।

उपप्रमुख खड्गी प्रजिअलाई ध्यानआकार्षण पत्र बुझाउँदै भनिन, ‘यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गरियोस्, महानगरले फुटपाथ र ठेलाको व्यापारमुक्त गर्ने नीति पारित गरिसकेको छ ।’ 

सहरी सुन्दरतालाई ध्यान दिएर महानगरले बन्द गराएको व्यवसायलाई सञ्चालन गर्न दिएमा महामारी नियन्त्रणबाहिर जाने खड्गीको भनाई छ। 

निषेधाज्ञा खुकुलो पार्दै जिल्ला प्रशासन कार्यालयले भदौ २४ मा जारी गरेको आदेशमा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरू, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरू र डिपार्टमेन्ट स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने छ’ उल्लेख गरेको छ। 

पत्र बुझ्दै प्रजिअ दाहालले सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकूल गराउने प्रशासनको उदेश्य नरहेको स्पष्ट पारे।

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्