नेकपा बैठकमा २० मिनेट बोलेर बाहिरिए प्रधानमन्त्री ओली
काठमाडौं, भदौ २६ : सत्तारुढ नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्ना कुरा राखेर...
काठमाडौं, भदौ २६ : सत्तारुढ नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्ना कुरा राखेर बाहिरिएका छन्।
शुक्रबार नेकपा स्थायी कमिटी बैठक सुरु हुने वितिक्कै प्रधानमन्त्री ओलीले बोलेका थिए। उनी बैठकमा २० मिनेट बोलेका एक स्थायी कमिटी सदस्यले बताए। प्रधानमन्त्री ओलीले दुवै अध्यक्षले तयार पारेको प्रस्तावबारे बोलेका थिए।
त्यस्तै, प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको कामबारे जानकारी दिएका थिए। सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गरेको उनको भनाइ थियो।
आफूले बोलेपछि प्रधानमन्त्री ओलीले बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका थिए। त्यसपछि उनी बैठकबाट बाहिरिएका थिए। नेकपा बैठक बालुवाटारमा जारी रहेको छ।
नेकपाको आन्तरिक विवादका कारण डेढ महिनादेखि स्थायी कमिटी बैठक बस्न सकेको थिएन। असार १० गते सुरु भएको बैठक असार १३ गते स्थागित भएको थिाये।











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)