नवलपुरमा ३३ सहित गण्डकी प्रदेशमा थपिए कोरोनाका ६५ नयाँ संक्रमित
काठमाडौं, भदौ २६ : गण्डकी प्रदेशमा शुक्रबार नवलपुरका ३३ सहित थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित मध्ये...
काठमाडौं, भदौ २६ : गण्डकी प्रदेशमा शुक्रबार नवलपुरका ३३ सहित थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित मध्ये नवलपुरका ३३, कास्कीका १२, तनहुँका ११, लमजुङका पाँच, स्याङ्जाका दुई र पर्वतका दुईजना रहेका छन्।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार सात सय ९५ पुगेको छ।
जसअनुसार प्रदेशमा हाल नौ सय ११ जना सक्रिय संक्रमित रहेका छन्। एक हजार आठ सय १४ जना कोरोनामुक्त भएका छन भने २२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।
प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)