Kathmandu Press

कोरोना संक्रमणबाट केन्द्रीय कारागारका पाँच कैदीको मृत्यु

काठमाडौं, भदौ २६ : कोरोना संक्रमणबाट सुन्धारास्थित केन्द्रीय कारागारका पाँच कैदीको मृत्यु भएको छ। मृत्यु भएकाहरु सबैजना दीद्र्द रोगी रहेको कारागारले जनाएको छ। हालसम्म...
कोरोना संक्रमणबाट केन्द्रीय कारागारका पाँच कैदीको मृत्यु

काठमाडौं, भदौ २६ : कोरोना संक्रमणबाट सुन्धारास्थित केन्द्रीय कारागारका पाँच कैदीको मृत्यु भएको छ। मृत्यु भएकाहरु सबैजना दीद्र्द रोगी रहेको कारागारले जनाएको छ। 

हालसम्म कारागारका ६५ जना कैदीबन्दीमा संक्रमण देखिएको छ। 

केन्द्रीय कारागारमा हाल ३ हजार २ सय ५७ जना कैदीबन्दी रहेका छन्। जसमध्ये २ सय २० जनाको मात्र परीक्षण गरिएकोमा ६५ जनामा संक्रमण पुष्टि भएको हो। 

यसअघि केन्द्रीय कारागारका सुरक्षामा खटिएका ६० जना प्रहरीमा पनि संक्रमण देखिएको थियो।

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्