Kathmandu Press

सलमान खानको 'टाइगर-३' अहिलेसम्मकै धेरै लगानी बन्ने

सलमान खानको 'टाइगर-३' अहिलेसम्मकै धेरै लगानी बन्ने

मुम्बई, भदौ २६ : बलिउड स्टार सलमान खान अब 'टाइगर ३' लिएर आउने भएका छन्। यो फिल्ममा अहिलेसम्मकै सबैभन्दा बढी लगानी हुनेछ।

टाइगर सिरिजको यो फिल्ममा दुई सय करोड भारतीय रुपैयाँ लगानी हुने जनाएको छ। अहिलेसम्म बलिउडमा फिल्म यति धेरै लगानी भएको छैन।

Hardik ivf

टाइगर सिरिजका अघिल्ला दुई फिल्मले राम्रो कमाइ गरेपछि निर्माता यसमा लगानी बढाउन उत्साहित भएका हुन्।

यसमा सलमानलाई एक करोड भारतीय रुपैयाँ दिइने जनाएको छ। यस अघिको फिल्म टाइगर जिन्दा हैले चार सय करोड भारतीय रुपैयाँ कमाएको थियो।

यसको सुटिङ मुम्बई स्टुडियोमा हुने भएको छ। सलमानको आउन लागेको फिल्म 'राधे : योर मोस्ट वान्टेड भाइ'को सुटिङ सकिएपछि यसको सुटिङ हुने जनाएको छ। यसमा सलमानसँगै क्याट्रिना कैफ पनि हुनेछिन्।

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, भदौ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्