बुटवलको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं, भदौ २६ : बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। नवलपरासी पश्चिमका सुस्ता गाउँपालिका–५ का...
काठमाडौं, भदौ २६ : बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
नवलपरासी पश्चिमका सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो।
उनमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको पुरुषको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिँदै आएको थियो।
योसँगै नवलपरासी पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।
प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)