Kathmandu Press

विवाह बन्धनमा बाँधिदै चर्चित चार जोडी

काठमाडौं, वैशाख ९ : बलिउड गत वर्ष विवाहमय भयो । बलिउडका चर्चित जोडीको विवाहले प्रायः वर्षभरी नै मिडियामा ठाउँ पाइरह्यो।

नेपाली सिनेमा क्षेत्....

विवाह बन्धनमा बाँधिदै चर्चित चार जोडी
काठमाडौं प्रेस

काठमाडौं, वैशाख ९ : बलिउड गत वर्ष विवाहमय भयो । बलिउडका चर्चित जोडीको विवाहले प्रायः वर्षभरी नै मिडियामा ठाउँ पाइरह्यो।

नेपाली सिनेमा क्षेत्रका केही जोडी पनि विवाह बन्धनमा बाँधिए। अभिनेत्री वर्षा रावत र अभिनेता सन्जोग कोइरालले प्रेम दिवसको दिन प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे।

त्यस्तै, थिएटरबाट सिने क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री सृजना सुब्बा पनि गत मसिंरमा विवाह बन्धनमा बाँधिइन्। उनले निर्माता पदम सुब्बासँग विवाह गरिन।
यो वर्ष भने नेपाली सिने क्षेत्रका थुप्रै कलाकार विवाह बन्धनमा बाँधिदैछन्। सिने क्षेत्रका चर्चित चार जोडी यो वर्ष विहे गर्ने तयारीमा छन्।

Hardik ivf

रेनशा वान्तवा राई र प्रज्वल राणा

चर्चित कोरियोग्राफर तथा निर्देशक रेनशा बान्तवा राई र निर्माता प्रज्वल शमसेर जबराले यही वैशाख ८ गते औठी साटासाट गरेका छन्। यो जोडी वैशाख २४ गते विवाह बन्धनमा बाँधिने भएको छ।

रेनशा वान्तवा राई र प्रज्वल राणा।

उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए। व्यक्तिगत विषयलाई लिएर मिडियामा नआउने उनीहरूको स्वभाव छ।

रेनशा र प्रज्वलले फिल्म ‘मेरो एउटा साथी छ’मा सँगै काम गरेका थिए। त्यहीबाट उनीहरूको प्रेम अंकुराएको थियो।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी

लामो समयदेखि प्रेममा रहेका अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी दुई वर्षदेखि सामाजिक संजाल र मिडियामा प्रेमी–प्रेमिका रुपमै छाइरहेका छन्। यो जोडीले गत वर्ष ‘इन्गेजमेन्ट’ समेत गरिसकेको छ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी।

यो जोडीका फोटो समेत मिडियामा समाचार बन्ने गरेका छन्। उनीहरूको बाली यात्राका फोटोले थुप्रै चर्चा बटुले।

प्रियंकाभन्दा आयुष्मान ६ वर्ष कान्छा छन्। कतिपयले यहि कारणले प्रेमसम्बन्ध नटिक्ने टिप्पणी समेत गरेका थिए। तर, उनीहरूले यसलाई गलत सावित गर्दै ‘इन्गेजमेन्ट’ समेत गरेका छन्।

यो जोडी असार पहिलो साता विवाह बन्धनमा बाँधिने तयारीमा जुटेको छ।

दीपिका प्रसाई र दिवाकर भट्टराई

अभिनेत्री दीपिका प्रसाइ र निर्देशक दिवाकर भट्टराई जोडी पनि केही समयदेखि चर्चामा छन्।

दीपिका प्रसाई र दिवाकर भट्टराई।

दीपिकाले निर्देशक दिवाकरसँगको प्रेमसम्बन्धका विषयमा सामाजिक संजालमा सार्वजनिक गरेपछि चर्चा सुरू भएको हो। उनीहरूले गत वर्ष इन्गेजमेन्ट समेत गरिसकेका छन्। त्यसलगत्तै थाइल्यान्ड यात्रामा समेत गएका थिए। उनीहरूले कानुनी रुपमा विवाह गरिसकेको चर्चा पनि छ।

दीपिका निर्देशक दिवाकरकै फिल्म ‘ऐश्वर्य’बाट सिने क्षेत्रमा प्रवेश गरेकी हुन्। वैशाखमा विवाहको तयारी गनुृ पर्ने भन्दै उनले ‘छक्का पन्जा–३’ छोडेकी थिइन्। उनी फिल्म ‘हेलो जिन्दगी’मा खेल्ने भएकी छन्।

यो जोडीले केही महिना अघि ‘प्रिविडिङ’ फोटोसुट समेत गराएका थिए। उनीहरू असारमा विवाह बन्धनमा बाँधिने तयारीमा छन्।

ऋचा शर्मा र दिपेक्ष्य राणा

भर्सटाइल अभिनेत्री ऋचा शर्मा मिडियाले विवाहको प्रश्न सोध्दा सधै ‘इग्नोर’ गर्दै आइरहेकी छिन्। तथापि, उनको प्रेम र विवाहका विषयमा मिडियामा चर्चा भइरहन्छ।

ऋचा शर्मा र दिपेक्ष्य राणा।

उनी केही समयदेखि दिपेक्ष्य राणासँग प्रेम सम्बन्धमा छिन्। दिपेक्ष्य लबिम मलका म्यानेजर हुन्।

उनीहरू प्रेमलाई विवाहमा बदल्ने तयारीमा छन्। दुवैको परिवारले पनि सहमति जनाइसकेको छ।

केही समय अघि काठमाडौं प्रेससँगको कुराकानीमा ऋचाले सन् २०१९ मा विवाह गर्ने इच्छा रहेको बताएकी थिइन्। उनले आफ्नो हुनेवाला श्रीमान चलचित्र क्षेत्रको नहुने पनि बताएकी थिइन्।

ऋचा र दिपेक्ष्य दशैं अघि विवाह गर्ने तयारीमा जुटेका छन्।

 

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, वैशाख ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्