Kathmandu Press

चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवन, भदौ २६ : चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया...
चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवन, भदौ २६ : चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला रहेकी छन्।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो।

मृत्युपछि गरिएको परीक्षणको आज बिहान आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ।

एक वृद्धाको घरमानै मृत्यु भएको थियो। चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका तीन, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्