Kathmandu Press

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं, भदौ २६ : नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

आन्तरिक विवादका कारण नेकपा स्थायी कमिटी बैठक डेढ महिना अघि स्थगित भएको थियो। नेकपा भित्रको विवाद साम्य हुँदै गएपछि शुक्रबार स्थायी कमिटी बैठक बसेको हो।

आजको बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धी प्रस्तावमा छलफल हुने जनाएको छ। दुवै अध्यक्षले तयार पारेको १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी गरिएको जनाएको छ।

नेकपा स्थायी कमिटी बैठक असार १० गते सुरु भएको थियो। आन्तरिक विवाद चर्किएपछि असार १३ गते स्थगित भएको थियो। त्यसयता स्थायी कमिटी बैठक बस्न सकेको थिएन्।

यसबीचमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री ओलीको राजीनामाको माग गरेका थिए। उनले दुवै पदबाट राजीनामा दिनुपर्ने उनीहरुको माग थियो। तर, प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिने अडान राखेका थिए। जसले गर्दा स्थायी कमिटी बैठक बस्न सकेको थिएन्।

पछिल्लो पटक दुवै अध्यक्षबीच सहमति बनेपछि साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनेको थियो। त्यही कार्यदलले दिएको प्रतिवेदनका आधारमा दुवै अध्यक्ष प्रस्ताव तयार गरेका हुन्।

 

प्रकाशित मिति: ११:४६ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्