Kathmandu Press

गण्डकी प्रदेशमा थपिए कोरोनाका १७ नयाँ संक्रमित

गण्डकी प्रदेशमा थपिए कोरोनाका १७ नयाँ संक्रमित

काठमाडौं, भदौ २६ : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

शुक्रबार थपिएका १७ संक्रमितमध्ये पोखराका दूई, नवलपुरमा १२, स्याङ्जाको दुई जना र तनहुँका एक जना रहेका छन् । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार सात सय ४७ पुगेको छ।

जसअनुसार प्रदेशमा हाल नौ सय ११ जना सक्रिय संक्रमित रहेका छन्। एक हजार आठ सय १४ जना कोरोनामुक्त भएका छन भने २२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्