Kathmandu Press

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, भदौ २६ : पहिरोले आज बिहानदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो डाँडा नजिकै आज बिहान...
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, भदौ २६ : पहिरोले आज बिहानदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो डाँडा नजिकै आज बिहान ८ः१० बजे पहिरो खसेको छ। पहिराले सडक अवरुद्ध भएको छ।

बिहानैदेखि सडक अवरुद्ध हुँदा आवतजावत रोकिएको छ। सयौं सवारी साधन र यात्रु अलपत्र परेका छन्।

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए।

प्रकाशित मिति: १०:११ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्