Kathmandu Press

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुर, भदौ २६ : ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको आज बिहान मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार काठमाडौंका...
पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुर, भदौ २६ : ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको आज बिहान मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार काठमाडौंका ६३ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो।

उनलाई भदौ २४ गते कोरोना संक्रमण देखिएको थियो। त्यही दिन अस्पताल भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको थियो। केही दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

उपचारका क्रममै आज बिहान मृत्यु भएको हो। उनलाई अन्य कुनै दिर्घ रोग नभएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: ०९:५३ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्