चितवनमा ३१ सहित ३४ जनामा कोरोना पुष्टि
काठमाडौं, भदौं २६ : चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा ३४ जना संक्रमित थपिएका छन्।चितवन, नवलपुर र पर्सामा गरी ३४ जना संक्रमित...
काठमाडौं, भदौं २६ : चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा ३४ जना संक्रमित थपिएका छन्।
चितवन, नवलपुर र पर्सामा गरी ३४ जना संक्रमित थपिएका अस्पतालले जनाएको छ। चितवनका ३१, नवलपुरका २ र पर्साका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन्।
जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन्। यसैगरि नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब दिएका थिए।
यस्तै, पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ। चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या ११ सय नाघेको छ।
प्रकाशित मिति: ०७:५० बजे, शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)