Kathmandu Press

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै 

काठमाडौं, भदौं २६ :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ।  साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज  बस्न...
नेकपाको स्थायी कमिटी बैठक आज बस्दै 

काठमाडौं, भदौं २६ :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ।  साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज  बस्न लागेको हो। पार्टी भित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ । 
 
प्रतिवेदनले विवाद समाधानका लागि उपाय दिएकाले अब स्थायी कमिटीको बैठकमा जानकारी दिने अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएपछि आज बैठक बस्न लागेको हो । 

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठक आजै टुङ्ग्याउन पनि अध्यक्षद्धयबीच सहमति भएको छ ।  

तर माधवकुमार नेपाल पक्षले भने दुई जना अध्यक्षबीच मात्रै भएका सहमति नमान्ने र पार्टीमा नेताहरुको मनपरी हटेर विधिसम्म निर्णय हुनुपर्ने अडानमा रहेको बुझिएको छ । 

प्रकाशित मिति: ०७:३९ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्