Kathmandu Press

काठमाडौं सहितका केहि जिल्लामा भारी बर्षा

काठमाडौं सहितका केहि जिल्लामा भारी बर्षा

काठमाडौँ, भदौं २६ : मनसुनको न्यून चापीय रेखाको प्रभावले काठमाडौँ र कास्कीसहितका केहि जिल्लामा भारी वर्षा भएको छ ।

काठमाडौँ उपत्यकाका केही स्थानमा बिहानीपखबाट भारी वर्षा भएको छ । यस्तै कास्की, रूपन्देही, कपिलवस्तु, म्याग्दी, पर्वत, नवलपरासी र बागलुङमा पनि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

भारी वर्षा भएका क्षेत्रमा बाढी पहिरो र डुबानको खतरा रहेकाले सतर्क रहन पनि आह्वान गरिएको छ । महाशाखाले दिउँसो  देशभर  सामान्यतयादेखि पूर्ण बदली रही  केही  स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  भने, प्रदेश १ , प्रदेश २,  बागमती प्रदेश  र गण्डकी प्रदेशका  एक वा दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

यस्तै राति,  देशभर  सामान्यतया  बदली  रही  केही  स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । यता, प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:१४ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्