Kathmandu Press

सप्तरीमा एसपीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

राजविराज, भदौ २५ : सप्तरीका प्रहरी उपरीक्षक (एसपी) सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको प्रयोगशालामा गरिएको...
सप्तरीमा एसपीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

राजविराज, भदौ २५ : सप्तरीका प्रहरी उपरीक्षक (एसपी) सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एसपी राजेन्द्र प्रसाद धमला, प्रहरी नायव उपरीक्ष (डिएसपी) तिलक भारतीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित एसपी धमला र डिएसपी भारती होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।

संक्रमित हुनेहरुमा गजेन्द्र नारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाइकर्मी, सप्तरी कारागारमा सुरक्षामा खटेका दुई जना सुरक्षाकर्मी, ९ जना कैदीबन्दी तथा राजविराज नगरपालिकाका दुई जना रहेका छन्।

प्रकाशित मिति: १९:१४ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्