Kathmandu Press

नायिका पूजा शर्मालाई लिन आउँछु भनेर किन आएनन् कटुवाल (भिडियो)

काठमाडौं, भदौ २५ : नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेको गीत ‘लिन आउँछु भन्थ्यौँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। यो...
नायिका पूजा शर्मालाई लिन आउँछु भनेर किन आएनन् कटुवाल (भिडियो)

काठमाडौं, भदौ २५ : नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेको गीत ‘लिन आउँछु भन्थ्यौँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
 
यो गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ। हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन्। उनको आवाजमा समावेश यो पहिलो गीत हो। दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्।
 
यो गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेका छन्। डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन्।
 
कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जिसीको सम्पादन, सौरभ लामाको छायांकन छ।

भिडियो हेर्नुस् : 

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्