Kathmandu Press

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

जनकपुरधाम, भदौ २५ : कोरोना भाइरसको संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट औरही गाउँपालिका–१, पुरनदैयाका ६० वर्षीय पुरूषको जनकपुरधामस्थित प्रादेशिक...
कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर

जनकपुरधाम, भदौ २५ : कोरोना भाइरसको संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट औरही गाउँपालिका–१, पुरनदैयाका ६० वर्षीय पुरूषको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड विशेष अस्पतालमा मृत्यु भएको हो। 

जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेशकुमार मिश्रका अनुसार ती पुरुषको बुधबार राति उपचारका क्रममा मृत्यु भएको हो। ती पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २३ गते अस्पताल भर्ना गरिएको थियो।

कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणमा ती पुरुषमा बुधबार साँझमात्रै कोरोना पुष्टि भएको थियो। 
 

प्रकाशित मिति: १६:४५ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्