Kathmandu Press

काठमाडौं उपत्यकामा बिहीबार थपिए ५७२ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा बिहीबार थपिए ५७२ जना कोरोना संक्रमित

काठमाडौं, भदौ २५ :  काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ४९५ , भक्तपुरका ३४  र ललितपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, बिहीबार नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ। संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ३१७ जनाको मृत्यु भएको छ।

 प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर १८१८ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्