Kathmandu Press

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टको सरुवा

काठमाडौं, भदौ २५ : चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीको सरुवा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसु रहेका तिवारीलाई...
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टको सरुवा

काठमाडौं, भदौ २५ : चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीको सरुवा भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसु रहेका तिवारीलाई सरुवा गरेको हो। उनको ठाउँमा डा राजन पाण्डेलाई भरतपुर अस्पतालको मेसु नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए। 

प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत थिए।

भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट तिवारीको ठाउँमा पाण्डेलाई अस्पतालको प्रमुख मेसुमा नियुक्त गरिएको उपसचिपव सिंखडाले बताए।

प्रकाशित मिति: १६:०१ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्