Kathmandu Press

लाइसेन्स नवीकरणको काम आइतबारदेखि सुचारू हुने

ललितपुर, भदौ १५ : यातायात व्यवस्था कार्यालय, ललितपुरले सवारी चालक अनुमतिपत्र नवीकरणको काम सुचारू गर्ने भएको छ। कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी सवारी चालक...
लाइसेन्स नवीकरणको काम आइतबारदेखि सुचारू हुने

ललितपुर, भदौ १५ : यातायात व्यवस्था कार्यालय, ललितपुरले सवारी चालक अनुमतिपत्र नवीकरणको काम सुचारू गर्ने भएको छ। 

कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी सवारी चालक अनुमतिपत्र नवीकरणको काम आइतबारदेखि सुचारू हुने जनाएको छ। यसअघि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण सवारी चालक अनुमतिपत्र नवीकरण लगायतका काम स्थगित गरिएको थियो।

कार्यालयले नवीकरणबाहेक अन्य सेवाहरु भने अर्को सूचना जारी नभएसम्म स्थगित रहने बताएको छ।

हेर्नुस् विज्ञप्ति : 

प्रकाशित मिति: १५:२४ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्