Kathmandu Press

ह्यान्डबल संघले गर्‍यो खेलाडीसहित ११९ जनाको कोरोना बीमा 

काठमाडौं, भदौ २५ : नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्री गरी १ सय १९ जनाको कोरोना बीमा गरेको छ।विश्वमा महामारीको रुपमा कोरोना फैलिएसँगै...
ह्यान्डबल संघले गर्‍यो खेलाडीसहित ११९ जनाको कोरोना बीमा 

काठमाडौं, भदौ २५ : नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्री गरी १ सय १९ जनाको कोरोना बीमा गरेको छ।

विश्वमा महामारीको रुपमा कोरोना फैलिएसँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना बीमा गराएको हो। अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आई.एच.एफ.) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना बीमा गरिएको संघका महासचिव सन्देश रेग्मीले जानकारी दिए।

“हामीले पहिलो चरणमा १ सय १९ जनाको बीमा गरेका छौं,” महासचिव रेग्मीले भने,“अझै करिब ५० जना छन्, एकै पटक नाम संकलनका लागि समस्या भएकोले यो साताभित्रै सबैको बीमा गर्दैछौं।” सबै प्रदेश र जिल्लाबाट बीमा गर्न छुटेका खेलाडीहरुको नाम संकलन गर्ने काम भइरहेको समेत उनले बताए।

संघले जुनियर तथा सिनियर लेभलमा केही वर्षदेखि यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको कोरोना बीमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताए। उनले कोभिड १९ का कारण समस्यामा भएका खेलाडीहरुलाई समेत राहत बाड्न सबै जिल्लाबाट नाम संकलनको काम भइरहेको बताउँदै त्यसका लागि आर्थिक विनियम समेत संघले तयार पारिसकेको जानकारी दिए।

अन्तर्राष्टिय ह्याण्डबल महासंघले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्ध लड्न र नेपालको ह्याण्डबल खेल विकासका लागि भन्दै ६ हजार स्वीस फ्र्यांक नेपाल ह्याण्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताए।

प्रकाशित मिति: १५:०८ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्