Kathmandu Press

अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयलाई सरकारको अनुमति

काठमाडौं, भदौ २५ : अब अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरुले शुल्क लिन पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ...
अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयलाई सरकारको अनुमति

काठमाडौं, भदौ २५ : अब अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरुले शुल्क लिन पाउने भएका छन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’मा अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै अनलाइन कक्षा सञ्चालन गर्दै आएका निजी विद्यालयले शुल्क लिन पाउने भएको हो। 

‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रहि स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ,’ मन्त्रालयद्वारा जारी निर्देशिकामा शुल्कसम्बन्धी व्यवस्थामा भनिएको छ।

यसअघि मन्त्रालयले निजी विद्यालयले अनलाइन कक्षाको शुल्क मागेपनि नतिर्न भन्दै आएको थियो।

 

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्