डडेल्धुरामा दुई हजार पाँच सयमै कोरोना परीक्षण
डडेल्धुरा, भदौ २५ : डडेल्धुरा उप-क्षेत्रीय अस्पतालले सरकारले तोकेकोभन्दा कम शुल्कमा कोरोना परीक्षण गर्ने भएको छ।बिहीबार सूचना प्रकाशित गरि स्वेच्छिक कोरोना परीक्षण गर्नेहरुका...
डडेल्धुरा, भदौ २५ : डडेल्धुरा उप-क्षेत्रीय अस्पतालले सरकारले तोकेकोभन्दा कम शुल्कमा कोरोना परीक्षण गर्ने भएको छ।
बिहीबार सूचना प्रकाशित गरि स्वेच्छिक कोरोना परीक्षण गर्नेहरुका लागि दुई हजार पाँच सय रुपैयाँ तोकिएको जनाएको छ। सरकारले स्वइच्छिक कोरोना परीक्षणका लागि पाँच हजार पाँच सय रुपैयाँ तोेकेको छ।
नागरिकलाई सहजताका लागि शुल्क घटाइएको असपतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदिशचन्द्र विष्टले बताए। उनका अनुसार अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार शुल्क तोकिएको हो।
सरकारले तोकेको मापदण्डभित्र परेकाहरुको निःशुल्क कोरोना परीक्षण हुँदै आएको छ। तर, मापदण्डमा नपरेका व्यक्ति परीक्षण गराउँदा शुल्क तिर्नुपर्नेछ।
प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)