चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं, भदौ २५ : भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ११ का ६२ वर्षका पुरूषको बिहीबार मृत्यु...
काठमाडौं, भदौ २५ : भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका ११ का ६२ वर्षका पुरूषको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ।
कडा खालेको निमोनियाबाट पीडित पुरुषमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
योसहित चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।
प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)