Kathmandu Press

यस्तो छ वेब सिरिज ‘सतरञ्ज’को ट्रेलर

काठमाडौं, भदौ २५ : लकडाउन र निषेधाज्ञाले फिल्म हल बन्द भएपछि वेब सिरिज निर्माणको क्रम बढेको छ। यस्तैमा नयाँ वेब सिरिज ‘सतरञ्ज’को ट्रेलर...
यस्तो छ वेब सिरिज ‘सतरञ्ज’को ट्रेलर

काठमाडौं, भदौ २५ : लकडाउन र निषेधाज्ञाले फिल्म हल बन्द भएपछि वेब सिरिज निर्माणको क्रम बढेको छ। यस्तैमा नयाँ वेब सिरिज ‘सतरञ्ज’को ट्रेलर सार्वजनिक भएको छ।

फिल्म निर्देशक एनबी महर्जनको निर्देशनमा वेब सिरिज ‘सतरञ्ज’ निर्माण भएको हो। यसको ट्रेलरमा पावर, पद र पैसालाई सतरंजका रुपमा देखाइएको छ।

मौनता श्रेष्ठको लेखन रहेको सतरंजको निर्देशन महर्जनसँगै उनको टिमले गरेको जनाएको छ। यसमा सम्पदा बाँनिया, दिवस धिताल, सुशील पोखरेल, ध्रुव कोइराला, विशाल पहाडी, अनिता केसी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिग्देल, सोनी बीसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जीको अभिनय रहेको छ।

यसको छायांकन प्रज्ज्वल राउत र गोकुलले गरेका हुन्। शंकर महर्जनको द्वन्द्व रहेको वेब सिरिजलाई सुवास देवकोटाले सम्पादन गरेका हुन्। यसलाई ओएसआर डिजिटलमा देख्न सकिनेछ।

 

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्