Kathmandu Press

आज बिजोर गाडी चलाउन पाइने, जोर नम्बरका ४२६ सवारी साधन प्रहरीकाे नियन्त्रणमा

काठमाडौं, भदौ २५ : निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू भएको छ। आज बिजोर गाडी चलाउनु पाइनेछ। जोर गाडीलाई...
आज बिजोर गाडी चलाउन पाइने, जोर नम्बरका ४२६ सवारी साधन प्रहरीकाे नियन्त्रणमा

काठमाडौं, भदौ २५ : निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू भएको छ। आज बिजोर नम्बरका गाडी चलाउनु पाइनेछ। जोर नम्बरका गाडीलाई भने प्रहरीले नियन्त्रणमा लिन थालेको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबारको बैठकले निषेधाज्ञा खुकुलो गर्दै जोर बिजोर गाडी चलाउनु पाउने निर्णय गरेको थियो। त्यस्तै, १६ भन्दा बढी सिट क्षमताका सार्वजनिक गाडी पनि चलाउने पाउने निर्णय गरेको थियो। सार्वजनिक यातायातमा पनि जोर बिजोर प्रणाली लागू हुने ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बताए।

गते अनुसार जोर बिजोर प्रणाली लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। जसअनुसार जोर गतेमा जोर र बिजोर गतेमा बिजोर गाडी चलाउनु पाइनेछ।

आज पहिलो दिन बिजोर गाडी चलाउनु पाइनेछ। तर, जोर गाडी चलाउनेहरुलाई भने बिहानैदेखि प्रहरीले नियन्त्रणमा लिन थालेको छ।

बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार सय २६ वटा जोर नम्बरका सवारी साधन नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ। जोर बिजोर प्रणाली विपरित चलाएकाले सवारी साधन नियन्त्रणमा लिएको एसएसपी ढकालले बताए।

यसरी नियन्त्रणमा लिएका सवारी साधनलाई होल्डमा राखिएको छ। पहिलो दिन सम्झाईबुझाई छाडिने र शुक्रबारदेखि कारबाही गरिने उनले बताए।

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चलहपहल बढेको छ। सडकमा सवारी साधानको चाप पनि बढेको छ।

 

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्