Kathmandu Press

स्याङ्जामा पाँच कर्मचारीसहित १२ जनामा कोरोना

स्याङ्जा, भदौ २५ : स्याङ्जाको पुतलीबजारमा बिहीबार १२ जना कोरोना भाइरसको संक्रमण देखिएको छ।कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरुलाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय, स्याङ्जाले...
स्याङ्जामा पाँच कर्मचारीसहित १२ जनामा कोरोना

स्याङ्जा, भदौ २५ : स्याङ्जाको पुतलीबजारमा बिहीबार १२ जना कोरोना भाइरसको संक्रमण देखिएको छ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरुलाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय, स्याङ्जाले जनाएको छ। थपिएका संक्रमितमा पाँच जना कर्मचारी रहेका छन्।

संक्रमित हुनेमा पाँच महिला र सात पुरुष छन्। उनीहरु २५ देखि ६० वर्षसम्मका छन्।

थपिएको कर्मचारीमा चार जना मालपोतका कर्मचारी, एक जना पुतलीबजार नगरपालिकाका कर्मचारी पनि छन्। त्यस्तै, सात जना समुदायकै रहेको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफ्लेले बताए।

योसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या तीन सय ४९ पुगेको छ। उनीहरुमध्ये तीन सय आठ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: ११:३१ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्