Kathmandu Press

पाल्पामा पहिरोले घर भत्किँदा युवकको मृत्यु

पाल्पामा पहिरोले घर भत्किँदा युवकको मृत्यु

पाल्पा, भदौ २५ : पहिरोले घर भत्किँदा पाल्पाको बगनासकालीमा एक युवकको मृत्यु भएको छ।

गएराति आएको पहिरोले बगनासकाली गाउँपालिका ७, खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएको हो। घर भत्किँदा सुतिरहेका उनका २२ वर्षीय सुमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

घर भत्किएर च्यापिएका सुमनलाई स्थानीय बासिन्दाले राति नै उद्धार गरेका थिए। गम्भीर घाइते भएका उनलार्र्ए उपचारका लागि युनाइटेड मिसन अस्पताल लगिएको थियो। अस्पताल पुगाएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

 

प्रकाशित मिति: ११:१५ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्