धानमा गबारो लागेपछि किसान चिन्तित
चितवन, भदौ २५ : मलको अभाव खेपिरहेका कृषकलाई फेरि अर्को समस्या थपिएको छ। धान खेतमा गबारो किरा लागेपछि किसान चिन्तित भएका छन्।धानको गाँज...
चितवन, भदौ २५ : मलको अभाव खेपिरहेका कृषकलाई फेरि अर्को समस्या थपिएको छ। धान खेतमा गबारो किरा लागेपछि किसान चिन्तित भएका छन्।
धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाई दिएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन।
खेतका बिचबिचमा थेग्लाथेग्ला भएर किरा लागेको छ। त्यही ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ।
उनले भने, 'रोग देखिएको ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा छर्दा प्रभावकारी हुन सकेन। गबारोले गुभो नोक्सान गरेको छ।' गबारोको लार्भा, प्यूपा हुँदै पुतली बनेको छ।
पुतलीले ५-७ दिन भित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वालाको तल्लो कलिलो भाग खाईदिने उनको भनाइ छ। तिमिल्सीनाले किराकै कारण बाला पसाई सकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिने गरेको बताए।
पुतलीको माउ र फुल सजिलै चिन्न सकिने भन्दै उनले यो सङ्ख्या धेरै नहुने भएकाले कृषकले प्रत्यक्ष रुपमा नष्ट गर्न सक्ने बताए। उनले भने, 'धेरै लागेको ठाउँमा पनि एक कठ्ठामा ४०-५० भन्दा बढि पुतली हुँदैन। यसो गर्न सकेमा रसायनिक बिषादीमा खर्च गर्नुपर्दैन।'
गबारो जिल्ला भरिनै देखिएको उनले बताए। चितवनमा २७ हजार चार सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। (रासस










-1754206481.jpg)
