Kathmandu Press

सिराहामा ५९ कैदीबन्दीमा कोरोना संक्रमण

सिराहा, भदौ २५ : सिराहा कारागारमा रहेका ५९ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार आएको रिपोर्टमा सिराहामा ६७...
सिराहामा ५९ कैदीबन्दीमा कोरोना संक्रमण

सिराहा, भदौ २५ : सिराहा कारागारमा रहेका ५९ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार आएको रिपोर्टमा सिराहामा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये ५९ जना सिराहा कारागारका कैदीबन्दी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए।

त्यस्तै, ६७ मध्ये बाँकी सात जना सैनिक र एक जना सर्वसाधारण छन्। उनी मिर्चैया नगरपालिकाका बासिन्दा छन्।

पछिल्लो केही समययता कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ। त्यहि क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

योसँगै सिराहामा कोरोना संक्रमितको संख्या ६ सय २० पुगेको छ। जसमध्इे तीन सय ५५ जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट १० जनाको ज्यान गएको छ।

 

प्रकाशित मिति: १०:०९ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्