निषेधाज्ञा खुकुलो भएपछि उपत्यकामा आजबाट के खोल्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं, भदौं २५ : काठमाडौं उपत्यकामा तीन हप्तादेखि लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट र गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड...
काठमाडौं, भदौं २५ : काठमाडौं उपत्यकामा तीन हप्तादेखि लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट र गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा भौतिक दूरीको पूर्ण पालना गर्न आग्रह गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था गरेका हुन्।
नागरिकको जीविका सहज बनाउन भन्दै आवश्यक मापदण्ड तयार पारेर उद्योग, कलकारखाना, व्यापार व्यवसायदेखि निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय भएको हो ।
आज बिहीबारदेखि स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी जोर बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न पाइनेछ ।
यसै गरी खाद्यवस्तु, दुध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा(मासु विक्री वितरण गर्ने पसलहरु बिहान ११ सम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने छ।



प्रकाशित मिति: ०७:१० बजे, बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











