काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो, भोलिदेखि यातायातमा जोरविजोर लागू
काठमाडौं उपत्यकामा तीन साता यता जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ।
काठमाडौं, भदौ २४ : काठमाडौं उपत्यकामा तीन साता यता जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ।
बुधबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयबीचको बैठकले जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
उनले भोलिदेखि नै उपत्यकामा सवारी साधनहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने छन्। यस्तै, निजी तथा सार्वजनिक यातायातको हकमा १६ सिटसम्मका सवारी साधन पनि जोरविजोर प्रणाली अनुसार नै सञ्चालन हुने दाहालले बताए।
यस्तै, स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर व्यापार व्यसाय पनि सञ्चालन गर्न पाइने छ। तर, सिनेमा हल, होटल तथा रेष्टुरेन्ट र स्कुलहरु पनि सञ्चालन गर्न पाइने छैन। निषेधाज्ञाबारे थप सूचना केहीबेरमा प्रकाशित गरिने दाहालले बताए।
प्रकाशित मिति: १८:२७ बजे, बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











