वीपी जयन्तीमा कांग्रेस शीर्ष नेताहरुको एकै स्वर : कांग्रेसले वीपीको बाटो छोडेकै छैन
काठमाडौं, भदौ २४ : कांग्रेसका शीर्ष नेताहरुले पार्टीले बिपीको बाटो नछोडेको बताएका छन्। जननेता बिपी कोइरालाको १०७औं जन्मजयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले अयोजना...
काठमाडौं, भदौ २४ : कांग्रेसका शीर्ष नेताहरुले पार्टीले वीपीको बाटो नछोडेको बताएका छन्। जननेता बिपी कोइरालाको १०७औं जन्मजयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले अयोजना गरेको भर्चुअल कार्यक्रममा शीर्ष नेताहरुले बिपीको बिचारलाई कांग्रेसले नछोडेको बताएका हुन्।
सभापति शेरबहादुर देउवाले कतियपयले कांग्रेसले बिपीको बिचार भुलेको आरोप लगाएपनि बिपीको बिचार कांग्रेसले नछोडेको बताए। ‘बिपी सानो देशको ठूलो नेता हो। नेपालमा समावेशी राजनीतिक सिद्धान्तलाई उहाँलै नै सबैभन्दा पहिले अघि बढाएको हो,’ देउवाले भने, ‘बिपीले गाँउलाई फोकस गरेर राजनीति गर्नु भयो। हाम्रो सरकार बनेका बेला पनि गाँउलाई नै केन्द्रित गरेर काम गरिएका छन्। उहाँले सुरु गरेको समावेशी राजनितलाई निरन्तरता दिएकै छौं। त्यसैले कांग्रेसले बिपीको बाटो छोड्यो बन्न मिल्दैन।’
देउवाले बिपी परिस्थिती अनुसार आफुलाई परिवर्तन गर्न सक्ने डायनामिक नेता भएको तर प्रजातन्त्र र राष्ट्रियताका सवालमा कसैसँग सम्झौता नगरेको बताए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपी क्रान्तिकारी र चिन्तक दुवै भएको बताए। उनले बिपी चिन्तन र कर्मको संयोग भएको भन्दै उनको राजनीतिक परिवर्तनमा मात्रै फोकस नरहेको बताए।
‘बिपीले नेपालमा सांस्कृतिक रुपान्तरणका लागि छुवाछुतको अन्त गर्नुपर्छ भन्नुहुन्थ्यो। सामाजलाई उन्नतिको बाटोमा लैजान नेपालमा रहेको जातिय प्रथा, लैंगिक भेदभाव अन्त गर्नुपर्छ भन्नुहुन्थयो,’ उनले भने, ‘राजनीति मात्रै नभएर आर्थिक सामाजिक सबै कुराको परिवर्तनको कुरा गर्नुहुन्थ्यो।’ उनले पनि कांग्रेसले बिपीको बिचार नछोडेको बताए। ‘बिपीको बिचार छोडे भन्न्नेहरुले संविधान हेरे हुन्छ। हाम्रै नेतृत्वमा जारी भएको संविधान बिपीको राजनीतिक संघर्षको निचोड हो।’
उपसभापति बिमलेन्द्र निधीले २००७ साल भन्दा पहिलेको नेपाल र अहिलेको नेपाललाई फर्केर हेर्न आवश्यक रहेको बताए। उनले २००७ सालको क्रान्तिदेखि १७ सालसम्म राज्यको संरचनामा के के रुपान्तरण भयो भनेर महिन ढंगले विश्लेषण गरिनुपर्ने बताए। ‘२००७ सालदेखि १७ सालसम्म आधुनिक राज्यको निर्माण भएको हो। व्यवस्थापिका कार्यपालिका र न्यायपालिका त्यही बेला सुरु भएको हो। बजेट प्रणालीको पनि सोही बेला सुरु भयो। यसको अगुवाई बिपी कोइरालाले गर्नुभयो,’ उनले भने, ‘यो नेपालमा बिपी कोइरालाको दिर्घकालिन योगदान हो। हामीले विपीको विचार छोडेका छैनौं।’
२०४६ सालको जनआन्दोलन पश्चात प्राप्त भएको उपलब्धी र दोस्रो जनआन्दोलनपछि जारी भएको संविधान बिपी विचारकै आधारमा भएको उनको भनाइ थियो। ‘बिपी बिचार छोड्यौ भनेर अपव्याख्या नगरौं। ०४६ सालपछि आएको प्रजातन्त्र र कांग्रेस नेतृत्वमा बनेको संविधानबाट बिपीको लक्ष्य पुरा भयो। यसलाई अपव्याख्या नगरौं। आत्मग्लानी हैन गर्व गरौं।’











