Kathmandu Press

जहाज खरिद प्रक्रिया अघि बढाउन वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निर्देशन 

काठमाडौं, भदौ २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका...
जहाज खरिद प्रक्रिया अघि बढाउन वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निर्देशन 

काठमाडौं, भदौ २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन्।

बुधबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री भट्टराईले हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका हुन्।

आन्तरिकतर्फ दुई वटा मात्रै टुईनटर जहाज भएको र त्यसले दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएकाले तत्काल खरिद योजना अघि बढाउन मन्त्री भट्टराईले निर्देशन दिए।

मन्त्री भट्टराईले नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजान कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन पनि दिए। उनले नेपाल एयरलाइन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाइन्स भएकाले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिए। 

उनले एयरलाइन्सको स्थिति सुधारका लागि आ–आफ्नो विभागबाट तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढन आग्रह गरे।  नेपाल एयरलाइन्स ठूलो आर्थिक ऋणमा रहेकाले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पति वयवसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत उनले आग्रह गरेका थिए।
 

प्रकाशित मिति: १७:१३ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्