Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ४६४ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ २४ :  काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोनाको...
काठमाडौं उपत्यकामा थपिए ४६४ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ २४ :  काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३९४, भक्तपुरका ३६  र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

यस्तै, बुधबार नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ। संक्रमितमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन्। 

 प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ९१८ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, भदौ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्