पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौं, भदौ २४ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु...
काठमाडौं, भदौ २४ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१२ पुगेको छ।
यस्तै, बुधबार नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ। संक्रमितमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ९१८ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२५ बजे, बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











