Kathmandu Press

रौतहटमा डिएसपी शाहीसहित २० जना प्रहरीलाई कोरोना संक्रमण

चन्द्रपुर, भदौ २४ : रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीसहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि...
रौतहटमा डिएसपी शाहीसहित २० जना प्रहरीलाई कोरोना संक्रमण

चन्द्रपुर, भदौ २४ : रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीसहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार बिहान आएको रिपोर्टमा आफूसहित इलाका प्रहरी कार्यालय चन्द्रपुरका २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको डिएसपी शाहीले जानकारी दिए। 

डीएसपी शाहीले आफूहरुमा कोरोनाको कुनै लक्षण नरहेको र सबैको स्वास्थ्य ठीक रहेको बताएका छन्। उनले भनेका छन्,‘हामीलाई विश्वास छ। धैर्यता,आत्मविश्वास र स्वास्थ्य सतर्कताप्रति सचेत रहँदै निको भई समाजको शान्ति सुरक्षाका लागि जनताको सेवामा छिट्टै फर्किने छौँ।’

संक्रमण पुष्टि भएका प्रहरीलाई चन्द्रपुर नगरपालिका–२ मा रहेको आइसोलेसनमा पठाइएको छ।
 

प्रकाशित मिति: १६:०४ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्