Kathmandu Press

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

वीरेन्द्रनगर, भदौ २४ : कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी...
कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

वीरेन्द्रनगर, भदौ २४ : कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १७ जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका रहेका छन्।

यस्तै, रुकुम पश्चिमका चार जना, सल्यान र दैलेखका दुई–दुई जना तथा जाजरकोट र मुगुका एक–एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

यस्तै, चितवनका एक जनामा पनि कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७ सय १९ पुगेको छ।

तीमध्ये २३५४ जनाले कोरोना जितेर घर फर्किउका छन्। कर्णालीमा अहिलेसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १५:४४ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्