Kathmandu Press

सहकारीबाट पाँच करोड ६७ लाख रूपैयाँ ठगी गर्ने खड्की पक्राउ

सहकारीबाट पाँच करोड ६७ लाख रूपैयाँ ठगी गर्ने खड्की पक्राउ

काठमाडाैं, भदौ २४ : प्रहरीले सहकारीबाट पाँच करोड ६७ लाख रूपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ  

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख रूपैयाँ ठगी गर्ने काठमाडौंका ४४ वर्षीय रामकाजी खड्गीलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो।

सहकारीको सात वर्षसम्म प्रबन्धक पदमा कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाब विवरण नदेखाएर खड्गी फरार भएका थिए। पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्