Kathmandu Press

बीएमसीले भत्कायो कंगनाको अफिस

मुम्बई, भदौ २४ : बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय बृहनमुम्बई महानगरपालिका (बीएमसी)ले भत्काएको छ। अवैध रुपमा संरचना निर्माण गरेको जनाउँदै बीएमसीले बुधबार भत्काएको...
बीएमसीले भत्कायो कंगनाको अफिस

मुम्बई, भदौ २४ : बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय बृहनमुम्बई महानगरपालिका (बीएमसी)ले भत्काएको छ। अवैध रुपमा संरचना निर्माण गरेको जनाउँदै बीएमसीले बुधबार भत्काएको हो।

मंगलबार बीएमसीले २४ घन्टाभित्र सामान हटाउन कंगनाको कार्यालयमा सूचना पठाएको थियो। कंगनाका तर्फबाट उनका वकिलले लिखित जवाफ दिएका थिए। तर, जफाब चित्तबुझ्दो नभएको जनाउँदै बुधबार कार्यालय भत्काएको हो।

Hardik ivf

कंगनाले यो कार्यालय ४८ करोड भारतीय रुपैयाँमा खरिद गरेकी थिइन्। कार्यालयमा तोडफोड गरेपछि कंगनाले ट्वीट गर्दै विरोध जनाएकी छन्।

उनले मुम्बईलाई पाकिस्तान प्रशासित कश्मीरसँग तुलना गरेकी छन्। उनले ट्वीट गर्दै लेखेकी छन्, 'मेरो घरमा कुनै अवैध निर्माण गरिएको छैन। सरकारले पनि सेप्टेम्बर ३० सम्मलाई नभत्काउनु भनेको छ। वास्तवमा यो हो फासिजम।'

उनले कार्यालय भत्काएका तस्बिर ट्वीट गर्दै भनेकी छन्, 'डेथ अफ डेमोक्रेसी।'

पछिल्लो समय उनको अभिव्यक्तिले विवाद बढेको थियो। उनले यस अघि पनि मुम्बईलाई पाकिस्तान प्रशासित कश्मीरसँग तुलना गरेकी थिइन्।

 

प्रकाशित मिति: १४:१६ बजे, बुधबार, भदौ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्