पश्चिम नवलपरासीमा सात प्रहरीसहित ४० जनामा कोरोना
नवलपरासी, भदौ २४ : पश्चिम नवलपरासीमा बुधबार सात प्रहरीसहित ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सुनवल नगरपालिकामा २७ जनामा...
नवलपरासी, भदौ २४ : पश्चिम नवलपरासीमा बुधबार सात प्रहरीसहित ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सुनवल नगरपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ। जसमा चार वर्षीय बालक पनि रहेका छन्।
त्यस्तै, कोरोना संक्रमण देखिएका प्रहरी पनि सुनवलकै छन्। उनीहरु प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहाका प्रहरी रहेका छन्। कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाउको छ।
बुधबार थपिएका संक्रमितमध्ये ११ जना पाल्हीनन्दन गाउँपालिका र दुई जना रामग्राम नगरपालिकाका छन्। अझै पाँच सय ४९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।
योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेको संख्या तीन सय १२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्तै, कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १३:५६ बजे, बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











