सूनको मूल्य फेरि ६ सय रुपैयाँले बढ्यो
काठमाडौं, भदौ २४ : सुनको मूल्य फेरि ओरालो लाग्न थालेको छ। आज फेरि ६ सय रुपैयाँले बढेको छ।बुधबार छापावाला सुन ९६ हजार चार...
काठमाडौं, भदौ २४ : सुनको मूल्य फेरि बढ्न थालेको छ। आज प्रतिताेला ६ सय रुपैयाँले बढेको छ।
बुधबार छापावाला सुन ९६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य पनि बढेको छ। आज प्रतितोलामा ६ सय रुपैयाँ बढेर ९६ हजार नौ सय पुगेको छ। मंगलबार ९५ हजार तीन सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ। प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार एक हजार तीन सय १० मा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:३० बजे, बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
