Kathmandu Press

चलचित्र लेखक छेतेन गुरुङको निधन

काठमाडौं, भदौ २४ : चलचित्र लेखक छेतेन गुरूङको निधन भएको छ। मिर्गौलासम्बन्धी समस्याबाट पीडित गुरूङको ४२ वर्षको उमेरमा निधन भएको हो।गुरूङको महारागंजस्थित मेट्रो...
चलचित्र लेखक छेतेन गुरुङको निधन

काठमाडौं, भदौ २४ : चलचित्र लेखक छेतेन गुरूङको निधन भएको छ। मिर्गौलासम्बन्धी समस्याबाट पीडित गुरूङको ४२ वर्षको उमेरमा निधन भएको हो।

गुरूङको महारागंजस्थित मेट्रो हस्पिटलमा उपचारका क्रममा राति २ बजे निधन भएको हो।

उनले ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डमरूको डण्डिवियो’ तथा ‘प्रेमगीत ३’ लेखेका हुन्।

छेतेनद्वारा लिखित तथा निर्देशित ‘प्रेम गीत ३’ भने रिलिज हुन बाँकी नै छ।

प्रकाशित मिति: ११:५७ बजे, बुधबार, भदौ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्